IME Life New

टीभीएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सको यही भदौ २६ गतेदेखि हुन गइरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब सार्वजनिक गर्दैछ। कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै सहरी दैनिकीमा एउटा गेम चेन्जरका रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ। आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक सहरका सचेत नागरिकहरुका लागि आकर्षक मूल्यमा नवीनतम विकल्पहरु प्रदान गर्ने उद्देश्यले हामीले टीभीएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ।’

Esewa
Crest

तीन किलोवाटको बलियो बीएलडीसी हब मोटरको प्रयोग गरिएको यस टीभीएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पिड र एजिलिटी प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघनटा रहेको छ।

टीभीएस आईक्युबको ३।०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ। जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घन्टामा १००५ सम्म चार्ज हुन सक्ने टीभीएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकतानुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टीभीएस आईक्युबले साँघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ।

टीभीएस आईक्युबको ३।०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घण्टामा १०० प्रतिशत सम्म चार्ज हुन सक्ने टीभीएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकतानुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टीभीएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS