काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ८६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३७ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको ३१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावरका लगानीकर्ताले ८ दशलमव ०२ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

















