IME Life New

जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ६९ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ६९ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६९ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले जेठ मसान्तसम्ममा २० अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

Crest

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले जेठ मसान्तसम्ममा १० अर्ब ७२करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेशनल लाइफले ६ अर्ब २३ करोड रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जेठ मसान्तसम्ममा ६ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार युनियन लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ६० करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ५१ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ३७ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४८ करोड रुपैयाँ र रिलायबल लाइफले १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले १ अर्ब ३६ करोड रुपैयाँ,सिटिजन लाइफले १ अर्ब ३२ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ४ करोड रुपैयाँ, आईएमई लाइफले ९८ करोड रुपैयाँ, सन नेपाल लाइफले ९१ करोड रुपैयाँ, सानिमा लाइफले ६६ करोड रुपैयाँ, प्रभु लाइफले ५८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS