IME Life New

जुरिक इन्स्योरेन्स समूहले भारतको कोटक जनरल इन्स्योरेन्सको बहुमत शेयर हातमा लिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।अन्तर्राष्ट्रिय बीमा समूह जुरिक इन्स्योरेन्स समूहले भारतको निजी क्षेत्रको निर्जीवन बीमक कोटक महिन्द्रा जनरल इन्स्योरेन्स कम्पनी (कोटक जनरल इन्स्योरेन्स) को ५१% शेयर स्वामित्व अधिग्रहण गर्ने घोषणा गरेको छ। बजार पूँजीकरणका आधारमा भारतको तेस्रो ठूलो निजी क्षेत्रको बैंक, कोटक महिन्द्रा बैंकसँग स‌ंयुक्त उपक्रम मार्फत् कोटक जनरल इन्स्योरेन्समा रणनीतिक गठबन्धनको घोषणा गरेको हो।

५१ प्रतिशत शेयर स्वामित्व कूल ४८ करोड ८० लाख अमेरिकी डलरमा खरिद गर्ने प्रारम्भिक सहमति भएको छ। सन् २०२१ मा बहुसंख्यक विदेशी स्वामित्वलाई अनुमति दिनेगरी विदेशी लगानीको प्रावधान संशाेधन भएपछि भारतीय बीमा उद्योगमा भएको यो सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ। यसबाहेक, जुरिकले क्रमशः थप १९% सम्मको अतिरिक्त शेयर स्वामित्व समेत प्राप्त गर्ने सहमति भएको छ।

Esewa
Crest

भारतले सन् २०३० सम्ममा तेस्रो-सबैभन्दा ठूलो विश्वव्यापी अर्थतन्त्र बन्ने अपेक्षा गरिएको छ । यसले भारतको बीमा बजार पनि उल्लेख्यरुपमा वृद्धि गर्ने सरकारी अपेक्षा छ।

सन् २०१५ मा स्थापना भएको कोटक जनरल इन्स्योरेन्स भारतमा सबैभन्दा कान्छो र सबैभन्दा छिटो बढिरहेको गैर-जीवन बीमा कम्पनीमध्ये एक हो। जुरिक बीमा समूह २०० भन्दा बढी देश र भाैगोलिक क्षेत्रमा जीवन र निर्जीवन बीमा सेवा दिने एक अग्रणी बहुमूखी बीमक हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS