IME Life New

जीवन बिमा किन गर्ने? बीमा गर्दा के फाइदा हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ‘बीमा ऐन २०४९’ अनुसार ‘जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवनसम्बन्धमा निजको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी व्यवसाय सम्झिनुपर्छ ।’ नेपालमा जीवन बीमासम्बन्धी पूर्ण जानकारी र बिमाका फाइदाहरुको बारेमा ज्ञानको अभाबको कारण धरै नेपालीहरु बिमाको दयारा भन्दा बाहिर छन् र बिमा गरेकाहरुको पनि पूर्ण बिमा भएको छैन । जबसम्म हरेक नागरिकलाई जीवन बीमाको महत्वबारे जानकारी हुदैन, तबसम्म अधिकांश नागरिक जीवन बीमाबाट बञ्चित हुन्छन् ।

नेपालमा जीवन बीमाको इतिहास त्यति लामो छैन । विसं २०२९ मा राष्ट्रिय बीमा संस्थानले जीवन बीमा व्यवसाय थालनी गरेसगै संस्थागत विकासको शुरुआत भएको हो ।

Esewa
Crest

जीवन बिमा किन गर्नु पर्छ भन्ने कुरा आफ्नो-आफ्नो अवस्थामा भर पर्छ तर सामान्यतय बिमा गर्दा हुने फाइदा हरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ:-

आर्थिक सुरक्षाको साधन
बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फर्काउँछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले यो बीमा लाभदायक छ ।

बचत गर्न प्रोत्साहन
जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । खाइ–नखाई कमाएको सम्पत्तिको संरक्षण गर्न र पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्छ । बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकोले रकम बचत भइरहनुका साथै बोनशको रूपमा ब्याज बढिरहने भएकोले बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ ।

शिक्षा, दिक्षा र विवाहको व्यवस्था
आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।

लाभदायक लगानी
जीवन बीमा जीवन सुरक्षाको उपाय साथै यो एक प्रकारको लगानी पनि हो। तोकिएको समयभन्दा अगाडि नै बीमा गर्ने मानिसको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ। यो रकम मूल बीमा रकम र त्यसको सो अवधिमा पाकेको ब्याजसहित कम्पनीले फर्काइदिन्छ । यो रकमलाई कुनै लाभदायक काममा लगाउन सकिन्छ।

सामाजिक प्रतिष्ठामा वृद्धि
बीमा गर्ने मानिसको समाजमा छुट्टै प्रकारको प्रतिष्ठा हुन्छ किनकी बीमा गर्ने मानिस निश्चिन्त र ढुक्क हुन्छ । भविष्यप्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर उ ढुक्क भएको हुन्छ र वृद्ध अवस्थामा पनि आनन्दले दिन बिताउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

93%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS