IME Life New

‘जिआइसी रि सहित तीन भारतीय सरकारी बीमक प्रणालीगत महत्वपूर्ण बीमक’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय अर्थतन्त्रमा पार्ने प्रभावकाे आधारमा सरकारी स्वामित्वकाे जीवन बीमा निगम (LIC), जनरल इन्स्याेरेन्स निगम (GIC Re) र न्यू इन्डिया एस्याेरेन्स (NIA) लाई भारतीय बीमा नियामकले घरेलु प्रणालीगत रूपमा महत्त्वपूर्ण बीमककाे सूचीमा निरन्तरता दिएकाे छ। याे मध्ये एलआइसी जीवन बीमक,जिआइसी पुनर्बिमक र न्यूय इण्डिया एस्याेरेन्स निर्जीवन बीमक हुन् ।

यी तीनवटै बीमा कम्पनीहरु चालू नयाँ आर्थिक वर्ष २०२२-२३ को लागि डि एसआइइको सूचीमा समावेश गरिएका छन् । यसअघिका दुई आर्थिक वर्षहरूमा पनि यी तीनवटै बीमकलाई घरेलु प्रणालीगतरुपमा महत्वपूर्ण बीमककाे सूचीमा समावेश गरिएकाे थियाे।

Esewa
Crest

राष्ट्रिय अर्थतन्त्रमा बीमा सेवाको निर्वाध उपलब्धताका लागि  घरेलु प्रणालीगतरुपमा महत्वपूर्ण बीमककाे निरन्तर स‌ंचालन महत्वपूर्ण हुन्छ । यस्ता बीमकलाई ‘असफल हुन धेरै ठूला वा धेरै महत्त्वपूर्ण’ बीमककाे रूपमा पहिचान गरिएका हुन्।भारतीय बीमा नियामकले सेप्टेम्बर २०२० मा प्रणालीगत महत्वपूर्ण बीमककाे पहिचान र पर्यवेक्षणको लागि पद्धति विकसित गरेको घाेषणा गरेकाे थियाे।

यी कम्पनीहरुमा सरकारी समर्थनको अपेक्षाले अनावश्यक जोखिम लिने, बजार अनुशासन घटाउने, प्रतिस्पर्धात्मक विकृति सिर्जना गर्ने, र भविष्यमा संकटको सम्भावना बढाउन सक्छ। त्यसैले प्रणालीगत जोखिम र नैतिक जाेखिमकाे स‌ंभावित जाेखिमलाई सम्बाेधन गर्नका लागी याे वर्गकाे बीमा कम्पनीहरुमाथि नियामकले अतिरिक्त कडाई र नियमन गर्नु जरुरी हुन्छ ।

तीनवटै बीमकले चालू आर्थिक वर्षमा समेत स‌ंस्थागत सुशासनको स्तर बढाउनुपर्न, सबै सान्दर्भिक जोखिम पहिचान गर्नुपर्न र सही जोखिम व्यवस्थापन ढाँचा र संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने शर्त हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS