IME Life New

जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बैशाख २७ देखि आईपीओ आउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गते देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएका छन् । साधारण सेयर जारी गर्न दुबै कम्पनीले बिहीबार आह्वानपत्र जारी गरेको छ ।

जनसेवी लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्यमा कुल चार करोड ६३ लाख ३० हजार रुपैयाँको चार लाख ६३ हजार ३ सय कित्ता आइपीओ विक्री गर्ने भएको छ भने , लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने भएका छन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Esewa
Crest

लघुवित्तले निष्कासन गर्न लागेको कुल आइपीओ मध्ये २३ हजार एक सय ६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र सात हजार एक सय ४५ कित्ता कर्मचारीका लागि छुट्टाएको छ भने बाँकी चार लाख ३२ हजार नौं सय ९० कित्ता सेयर सर्वसाधारणमा निष्कासन हुने भएको छ ।

यसैगरि स्वाभिमान लघुवित्तले पनि वैशाख २७ गते देखि नैे १ लाख ९८ हजार छ सय १० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो भने, लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने भएको छ ।

संस्थाको कूल निष्कासित आईपिओ मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ भने बाँकी एक लाख ८५ हजार पाँच सय ८७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो सेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS