IME Life New

चैत ७ बाट एसईई सुरु, यस्तो छ परीक्षा तालिका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेबाट सुरु हुने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज एसईई तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार एसईईको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यो दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुनेछ।

Crest

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा रहेको छ। यही दिन गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इंग्लिस)को परीक्षा हुनेछ।

चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ।
एईई चैत १९ गतेसम्म चल्नेछ।

यस्तो छ परीक्षा तालिका

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS