IME Life New

चीनमा इन्स्योरेन्स ब्रोकरेज चलाउने योजनामा टेस्ला, ईभीको बीमा सस्तो हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कको कम्पनी टेस्लाले चीनमा इन्स्योरेन्स ब्रोकरेज कम्पनी दर्ता गरेको छ।

चीनमा आफ्नो व्यापार विस्तारलाई बढावा दिन टेस्लाले बेइजिङमा जुलाई ३० मा इन्स्योरेन्स ब्रोकरेज कम्पनी दर्ता गरेको रोयटर्समा उल्लेख छ। यो कम्पनीको पुँजी ६८ करोड २० लाख अमेरिकी डलर रहेको नेसनल इन्टरप्राइज क्रेडिट इन्फर्मेसन पब्लिसिटी सिस्टमले जनाएको छ।

Esewa
Crest

यो कम्पनीमार्फत टेस्लाले आफ्नो कारको इन्स्योरेन्स पोलिसी बेच्ने उद्देश्य राखेको छ। यसका लागि टेस्ला नियामकीय स्वीकृतिको पर्खाइमा रहेको छ।

अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले यसअघि पनि सन् २०२० मा यस्तै कम्पनी दर्ता गरेको थियो। पछि गत अप्रिलमा त्यसलाई खारेज गरिएको थियो।

अन्य परम्परागत गाडीभन्दा टेस्लाको कार मर्मतको लागत बढी रहेकोले इन्स्योरेन्स लागत पनि उच्च रहेको छ। उक्त इन्स्योरेन्स कम्पनीमार्फत प्रत्यक्ष कारधनीलाई पोलिसी गर्दा टेस्लाको इन्स्योरेन्स लागत कम हुने अनुमान गरिएको छ।

त्यसो त टेस्लाको मुख्य प्रतिस्पर्धी चिनियाँ कम्पनी बीवाईडीले आफ्नो कदम इन्स्योरेन्स क्षेत्रमा बढाउने तयारी गरिरहेको छ। यसका लागि बीवाईडीले टाँट पल्टेको अनलाइन इन्स्योरेन्स युनिट यी यान पी एन्ड सी इन्स्योरेन्सलाई गत मेमा अधिग्रहण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS