IME Life New

चीनको ७२% ग्रामीण क्लिनिकमा स्वास्थ्य बीमा सेवा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनले ग्रामीण क्षेत्रमा स्वास्थ्य बीमाको पहुँच बढाउन व्यापाक पहल गरेको छ। यही पहलअन्तर्गत हालसम्म चीनको ७२ प्रतिशतभन्दा बढी ग्रामीण क्लिनिकमा स्वास्थ्य बीमा सेवा विस्तार गरिएको छ।

नेसनल हेल्थकेयर सेक्युरिटी एड्मिनिस्ट्रेसन (एनएचएसए)का अनुसार राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीअन्तर्गत ७२ प्रतिशतभन्दा बढी ग्रामीण क्लिनिकमा स्वास्थ्य बीमा सेवा विस्तार गरिएको हो। यसको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका मानिसमा स्वास्थ्य बीमाको पहुँच बढाउनु रहेको एनएचएसएले जनाएको छ।

Esewa
Crest

चीनमा ५ लाख ८० हजार ग्रामीण क्लिनिक छन्। तीमध्ये १ लाख क्लिनिकबाट सर्वसाधारणले आधारभूत स्वास्थ्य बीमा र सुविधा पाउँछन् भने ३ लाख २० हजार क्लिनिकहरु बीमा प्रणालीमा आबद्ध भएका छन्। एनएचएसए र राष्ट्रिय स्वास्थ्य आयोगले सबै ग्रामीण क्लिनिकलाई यो वर्षको अन्त्यसम्म बीमा प्रणालीमा आबद्ध गर्ने योजना बनाएका छन्।

यो योजनाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा रहेका जनतालाई स्वास्थ्य बीमामा आबद्ध गरेर सामान्य रोगको पनि औषधोपचारको सहज पहुँच विस्तार गर्ने रहेको छ। यस पहलबाट न्यून आय भएका ग्रामीण जनतालाई स्वास्थ्य बीमामा आबद्ध गर्नु रहेको एनएचएसएले जनाएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS