IME Life New

चिकित्सकमाथि हुने आक्रमणविरूद्ध सुरक्षाका लागि कानून संशोधनको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपचारका क्रममा बिरामीको ज्यान जाँदा चिकित्सकमाथि हुने आक्रमणविरूद्ध सुरक्षाका लागि कानून संशोधनको मस्याैदा तयार भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संशोधनका लागि मस्याैदा तयार पारेको हो।

मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदामा रायका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्र पठाइएको छ।

Esewa
Crest

प्रस्तावित विधेयकको मस्यौदामा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तारी गर्ने व्यवस्था प्रभावकारी बनाइने विषय समेटिएको छ।

चिकित्सकले उपचारकै क्रममा बेलाबखत आफूहरुमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन्। आक्रमणको घटनाभएलगत्तै सेवा नै ठप्प समेत पार्ने गरेका छन् । यस्तो समस्या सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सकको सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएका थिए ।

मन्त्री पाैडेलको निर्देशनपछि मन्त्रालयले मस्याैदा तयार पारेर कानून मन्त्रालयसँग राय मागेको हो। कानून मन्त्रालयबाट राय प्राप्त भए पछि स्वास्थ्य मन्त्रालयले विधेयकको प्रकृया अघि बढाउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS