IME Life New

चार कम्पनीको वार्षिक साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । आज अरुण कावेली पावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रीक, कालिञ्चोक दर्शन लिमिटेड र लक्ष्मी सनराइज बैंकको साधारण सभा हुँदैछ ।

लक्ष्मी सनराइज बैंकले २३ औँ वार्षिक साधारणसभा आज पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

बोनस शेयर जारी गर्नका लागि हकसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको चयन सभाले गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज गरेको थियो । यसको मतलब पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

त्यस्तै, कालिञ्चोक दर्शन लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा पुस २६ गते विहीबार विहान ११ः३० बजे रोयल इभेन्ट तिनकुनेमा आयोजना गर्ने बताएको छ । कम्पनकिो मंसिर २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा, नोक्सान, हिसाब नगद प्रवाह सहितको लेखापरीक्षणको प्रतिवेदन पारित गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०८० /८१ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कुनै विशेष प्रस्तावको संशोधनमा नियमनकारी निकायबाट कुनै पनि थप घट वा संशोधन गर्न निर्देशन दिएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने, केवलकारमा थप लगानी तथा सिस्टममा आवश्यक निर्णय गर्नका लागि पनि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

उक्त आर्थिक वर्षका लागि भने कम्पनीले लाभांशको कुनै पनि प्रस्ताव वार्षिक साधारणसभा पेस गर्ने छैन। वार्षिक साधारणसभाबाट लागि कम्पनीले पुस १२ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन भगवति बहाल नक्सालमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी अरुण काबेली पावर लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS