IME Life New

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौबाट जिम्मेवारी सम्हाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज साउन १० गते बसेको बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो भदौ १ गतेबाट लागू हुनेछ। हाल उनी बैंकको सिनियर डेपुटी सीईओ छन्।

Esewa
Crest

हाल बैंकको सीईओ रत्नराज बज्राचार्य छन्। उनको कार्यकाल साउन मसान्तबाट सकिँदैछ।

रेग्मी बैंकिङ क्षेत्रमा साढे ३ दशकदेखि सक्रिय छन्। उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। रेग्मीले अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतबाट एमबीएको पढाइ पूरा गरेका छन्।

सञ्चालक समितिको सोही बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंकी भागिरथी भट्टराई ज्ञवालीलाई पनि नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS