IME Life New

ग्रिसमा अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आयोजना गर्दै नेपाल रि, को को सहभागि हुँदैछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ग्रिसको राजधानी एथेन्समा अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनको कार्यक्रम आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय मापदण्डमा नेपाली पुनर्बीमाको दीगोपना विषयक दुई दिने सम्मेलनमा पुनर्बीमा उद्योगका अनुभवीहरुले पुनर्बीमाको क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड र नेपालमा भईरहेको अभ्यासबारे छलफल गर्दै पुनर्बीमा व्यवसायको दीगोपनका लागि नेपालमा बीमाकर्मीले गर्नुपर्ने सुधारात्मक कार्य सम्बन्धमा अनुभव साटासाट हुने अपेक्षा गरिएको छ।

पुनर्बीमा कम्पनीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बाँडिएको निम्तो पत्रमा बीमकको प्रमुख कार्यकारी अधिकृत, अर्थ मन्त्रालयका अधिकारी, नेपाल बीमा प्राधिकरणका अधिकारी सहितको टोली सहभागि हुने उल्लेख छ।यो कार्यक्रममा नेपालबाट कम्तीमा ४० जनाको टोली सहभागि हुने अनुमान गरिएको छ। तीमध्ये जीवन र निर्जीवन बीमा कम्पनीबाट समेत गरि कूल २८ जना प्रमुख कार्यकारी अधिकृत सहभागि हुँदैछन् । यसैगरी बीमा प्राधिकरणबाट ५ जना, अर्थ मन्त्रालयबाट ५ जना, नेपाल पुनर्बीमा कम्पनीबाट ३ जना सहभागि हुने अनुमान छ।

Esewa
Crest

फागुन २६ देखि २७ गतेसम्म आयोजना हुने कार्यक्रमका लागि यात्रा व्यवस्थापनको जिम्मा रुप्से होलिडेजले पाएको छ। नेपाल पुनर्बीमा कम्पनीले यसअघि सिङ्गापुरमा समेत अन्तर्राष्ट्रिय स्तरको पुनर्बीमा सम्मेलनको आयोजना गरेको थियो ।

पुनर्बीमा प्राविधिक र जटिल विषय हुनुको साथै बदलिंदो वैश्विक परिवेशसँगै जलवायू परिवर्तनका कारण नेपालको बीमा र पुनर्बीमा जोखिमको स्वरुपमा पनि परिवर्तन देखा परेकाले यस्तो जोखिमको पूर्वानुमान र जोखिमबाट हुन सक्ने आर्थिक नोक्सानीलाई थेग्ने पुनर्बीमा व्यवस्थाका लागि अन्तर्राष्ट्रिय अनुभव उपयोगी हुने आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS