IME Life New

ग्रामीण विकास लघुवित्तको ५ लाख ८२ हजार कित्ता शेयर लिलामीमा आउँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शेयर लिलाम गर्ने भएको छ । संस्थाले ५ लाख भन्दा बढी कित्ता शेयर लिलाम गर्ने भएको हो । कम्पनीले हकप्रदमा अवितरित ५ लाख ८२ हजार ८ सय ४४ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले बैशाख २७ देखि जेठ ३० गते सम्म एक सय बराबर ५० कित्ता अर्थात ५० प्रतिशतका दरले ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ५० हजार २ सय ८७ शेयरधनीलाई २६ लाख ९२ हजार १ सय ५६ कित्ता बाँडफांड गरिएकोे छ ।

Crest

उक्त शेयर बाँडफाँड पछि बाँकि रहेको शेयर लिलाम गर्ने भएको हो । लिलामीको सूचना केहि दिन मै निकालिने क्यापिटलले जनाएको छ ।

हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९८ करोड २५ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्तापूँजी ६५ करोड ५० लाख रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS