IME Life New

ग्रामीण विकास लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


ग्रामीण बिकास लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्नका लागि फागुन २७ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । संस्थाले दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

चैत २८ सम्म कायम सेयरधनीहरुले मात्र लघुवित्तको हकप्रद भर्न पाउनेछन। बैशाख २७ देखि निष्काशन गरेको हकप्रदमा आवेदन दिने अन्तिम दिन आज (जेठ ३०) रहेको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। कायम सेयरधनीहरुले एनआईबिएल एस क्यापिटलको लाजिम्पाट काठमाण्डौ, तथा शाखा कार्यालयहरु लाल्दरबार काठमाण्डौ र लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा तथा ट्राफिकचोक बुटवल र गोल्छाचोक बिराटनगरबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन।

Esewa
Crest

त्यस्तै लघुवित्तको बुटवल स्थित केन्द्रिय कार्यालय तथा क्षेत्रीय कार्यालय बिराटनगर, बुटवलम जनकपुर, नेपालगंज र धनगढीबाट समेत आबेदन दिन सकिनेछ। त्यस्तै सम्पूर्ण आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने छ ।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४७ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS