IME Life New

‘गैरकानुनी रुपमा विदेशीनेले अरबौं रुपैयाँ विदेश पुर्याए’

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले लाखौको संख्यामा नेपालीहरु गैरकानुनी रुपमा विदेश गइरहेको बताउँदै गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताएका छन् ।

मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘एटर्नी एट ल’ बासुदेव फुलाराको सम्मान विषेश कार्यक्रममा बोल्दै उनले अझै पनि सरकारले एनआनलाई लागानी गर्नको लागि विश्वासको बातावरण बनाउन नसकेको बताए ।

Crest

कार्यक्रममा बोल्दै उनले लाखौको संख्यामा नेपालीहरु गैरकानुनी रुपमा विदेश गइरहेको बताउँदै गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताए ।

यस्तो समस्या नेपालको ठुलो संख्यामा रहेको भन्दै उनले नेपाल सरकार, नेपालका मिडिया हाउस र बार एसोसियसनले यी विषयलाई गम्भिर रुपमा लिनुपर्ने उनको भनाई रहेको थियो ।

नेपालीहरुले विदेशमा पसिना चुहाएर पठाएको रेमिट्यान्स गैरकानुनी रुपमा विदेशी दलाहरुले लैजाने गरेको उल्लेख गरे । यो कार्य बढ्दै जाँदा यसको नियन्त्रणमा समेत चुनौती बढ्ने उनले बताए । सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

आफु अमेरीका जाँदाको स्मरण गर्दै फुलाराले पछिल्लो समय दलालहरुले खुलम खुल्ला रुपमा पचासौंलाख सम्म ठगेर अमेरीकाको सपना देखाउने गरेको भन्दै त्यस्ता ठग बाट सजग रहन अनुरोध गरे ।

अहिलेको बदलिँदो अमेरिकन आप्रवासि नीतिले कानुनी रुपमा अमेरीकामा रहेका नेपालीलाई कुनै पनि प्रभाव नपर्ने उनले बताए । तर गैरकाननुनी रुपमा अन्य मुलुकको सिमाना हुँदै अमेरीकामा जानेहरुलाई भने असहज भएको बताउँदै गैरकानुनी रुपमा अमेरीका प्रवेस गर्ने आप्रवासिलाई लक्षित गरेर आप्रवासन निति लागु हुन लागेको उनले बताए । उक्त आप्रवासन नीति पनि अदालती प्रक्रियामा रहेकाले कसरी अगाडी बढ्छ भन्ने एकिन नभएको उनले बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोशियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी, बरिष्ठ अधिबक्ता रबी नारायण कोइराला लगायतले सरकारले देशको विकास गर्न सके विदेशीनुपर्ने बाध्यता नरहने बताए ।

मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा सम्पन भएको उक्त कार्यक्रममा नेपालमा कार्यरत विभिन्न अधिवक्तहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS