IME Life New

गुरुङका दम्पत्तिले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच मर्स्याङ्दी गाउपालिका ०६, लमजुङका देव बहादुर गुरुङ र कुसुम गुरुङले आफ्नो छोराको पहिलो जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । आमा बुबाले आफ्नो परिवारको सन्तानको रुपमा रहेको छोरालाई जन्मदिनको अवसर पारी १० लाखको बीमा पोलिसी उपहार जारी गरेका हुन् ।

Crest

उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखामा रिलायबल बाल सुलभ प्लस जीवन बिमा खरिद गरेका हुन् । आज गरेको बीमाले सेभिङका साथै, जोखिम बहन र भोलिको भविष्य सुरक्षित गर्ने भएकाले गुरुङ दम्पत्तिले आफ्नो छोरालाई बीमा पोलिसी उपहार दिएका हुन् ।

उनीहरु सुन्दरबजार ९ लमजुङ स्थित, सिउडीबार चोकमा ब्यवसाय गर्दै आइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS