IME Life New

गुराँस लाइफ इन्स्योरेन्स ११ वर्षमा प्रवेश, गुणस्तरीय बिमा सेवामा प्रतिबद्ध

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः गुराँस लाइफ इन्स्योरेन्स कम्पनी संचालनको १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । २०६४ चैत १८ गते बीमा समितिबाट सञ्चालन अनुमति पाएको यस कम्पनीले २०६५ जेठ १७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । करिब एकदशकको यात्रामा कम्पनीले ७० शाखा संजालबाट १३ प्रकारका जीवन योजना बेच्दै आएको छ ।

‘गुराँस लाइफसँग सुरक्षीत हाम्रो जिन्दगी’ भन्ने नाराका साथ सेवा सञ्चालन गर्दै आएको कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरि केन्द्रिय कार्यालय तथा क्षेत्रीय कार्यालयहरु मार्फत २३१ जनाले रक्तदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जानकारी दिनुभयो ।
कम्पनीले जेठ १८ गते शुक्रबार क्षेत्रीय कार्यालय बीरगंज र उपशाखा कार्यालय इटहरीमा रक्तदान कार्यक्रम गर्ने यस वर्ष नेपाल भरि प्रत्येक महिना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको जनाएको छ ।

Crest

पछिल्लो पटक बजारमा नयाँ जिबन बिमा कम्पनीहरुको प्रवेश सगै कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन तयारीमा जुटेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जानकारी दिनुभयो । कम्पनीले साउनदेखि नयाँ सफ्टवेयर मार्फत बिमा पोलीसि जारी गर्ने तयारी भैरहेको जनाएको छ। चलाउन सहज र काम गर्न सहज हुने सफ्टवेयर उपयोगमा ल्याउन लागेको जानकरी कम्पनी श्रोतले दिएको छ ।

कम्पनीले बदलिदो समय संगै बिजनेश बढाउने, स्तरिय अण्डरराइटिङ, राम्रो सेवा, सुरक्षित लगानी र दीर्घकालिन प्रतिफलका लागि अगाडी बढ्ने जानकरी दिएको छ । कम्पनीले ग्राहकलाई राम्रो सेवा, सुबिधा र इन्नोभेटिभ प्रडक्ट तयार पारि सेवा दिन तल्लिन रहेको जनाएको छ ।

कम्पनीले हालसम्म ५ अर्ब ३० करोड ३२ लाख रुपैयाँ कुल बिमा शुल्क रकम आर्जन गरेको छ भने ३१ करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको देखिन्छ । कम्पनीको जारी बीमालेखको संख्या हाल सम्म २ लाख ४ हजार ६४ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्यामा ६ सय ५९ वटा रहेको छ ।

बिमा समितिको निर्देशन बमोजिम चुक्ता पुंजी २ अर्ब कायम गर्नु पर्ने समय नजिकिदै जादा कम्पनीले दुई बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गत साधारणसभाबाट गरिसकेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी करिब १०० करोड हुन्छ । त्यसपछि एक बराबर एक अनुपातमा फेरि हकप्रद सेयर जारी गरेर २०० करोड भन्दा बढी पुँजी बनाउने योजना बनाएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS