IME Life New

गण्डकी विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  (सीईओ)रेशमबहादुर थापा र युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।सम्झौता भए पश्चात युनियन लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकासको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।

Esewa
Crest

गण्डकी विकासले ६८ शाखा कार्यालय मार्फत पूर्णकालिन बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकका लागि आर्कषक ब्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गरिराखेको छ ।

जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायले स्थापित यूनियन लाइफ इन्स्योरेन्स पछिल्लो समय बीमा बजारमा निकै आक्रामक तथा सफल देखिएको छ। कम्पनीले हाल विभिन्न १० किसिमका बीमा योजनाहरु संचालन गरेको जनाएको छ । कम्पनीका बीमा योजनाहरुमध्ये अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना र बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना लोकप्रिय बन्दै गैरहेको कम्पनीले जनाएको छ।

युनियन लाईफले नयाँ जीवन बीमा कम्पनीहरु माझ उल्लेख्य बीमा शुल्क जम्मा गरेर नेतृत्व गरिरहेको छ। युनियन लाईफले गत आर्थिक वर्ष बीमा क्षेत्रमा इतिहाश रच्दै सबैभन्दा धेरै ८४ करोड ९४ लाखको व्यवसाय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS