IME Life New
GBIME

के बीमा गर्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनु पर्ने ५ महत्वपूर्ण कुरा: राकेश कुमारको लेख

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो ।

जीवन बीमा गर्नु भन्दा पहिला केहि महत्वपूर्ण कुराहरुमा ध्यान दिएनौ भने भबिस्यमा हामीले जुन आर्थिक सुरक्षाको उदेश्यले बिमा गरेका हुन्छौ त्यो उदेश्य नै पुरा नभई आर्थिक सन्तुलन बिग्रने देखि लिएर मानसिक तनाव पनि सृजना हुन् सक्छ। तसर्थ जसरी हामीले कुनै घरायसी सामान खरिद गर्नु पूर्ब त्यसको आवश्यकता, मूल्य, फाईदा, बेफाईदा, खरिद गर्नु पर्ने बजार आदि को बारे मा खोजीनिती गरिसकेपछि मात्रै निर्णय लिन्छौ ठिक त्यसरी नै जीवन बिमा गर्नु भन्दा पहिले निम्न लिखित ५ महत्वपूर्ण कुराहरुमा ध्यान दिन सक्यौ भने यसले हाम्रो आर्थिक अवस्था सबल हुनुका साथ साथै आवश्यक परेको बेलामा बिमा लाई सुख दुखको साथीको रुपमा उपयोग गर्न सकिन्छ र यसले हामी लगायत घर परिवार पनि तनाव मुक्त जीवन बिताउन सजिलो हुन्छ।

Crest

बीमा सम्बन्धि आवश्यकताको मूल्याङ्कन
तपाईको पारिवारिक आम्दानीमा तपाईको योगदान अर्थात घर परिवारको लागि तपाईले वार्षिक रुपमा गर्ने गरेको औसत खर्च तथा भविस्यको लागि भनेर खर्च बाहेक गर्ने गरेको वार्षिक बचतको योगफल वा तपाईको वार्षिक कमाई आय लाई कम्तिमा पनि १० ले गुणा गर्दा आएको रकम बराबरको बीमा नै तपाईको भविस्यको आवश्यकता हो।

उदाह्र्णको लागिस तपाईले वार्षिक रुपमा ४ लाख कमाउनु हुन्छ जसमा ३ लाख घरपरिवारको खर्छ मा जान्छ र १ लाख बचत हुन्छ भने तपाई लाई कम्तिमा पनि ४ लाख ८ १० . ४० लाखको जीवन बिमाको आवश्यकता पर्छ। जसमा तपाईले स्वास्थ बिमा, बोनस सहित पैसा फिर्ता आउने जीवन बिमा, दुर्घटना बिमा (पैसा फिर्ता नआउने जीवन बिमा तर कुनै घटना घटेमा आर्थिक क्षतिपूर्ति दिने) लाई आवस्यकता अनुसार ४० लाख भित्र लिन सक्नुहुन्छ। जस्तैः ५ लाखको स्वास्थ बिमा , २५ लाख को दुर्घटना बिमा , १० लाखको पैसा फिर्ता आउने जीवन बिमा आदि। अधिक जानकारीको लागि भरपर्दो जीवनबिमा अभिकर्ताको सयहोग लिन सक्नु हुन्छ।

आर्थिक हैसियत
तपाईको बीमा सम्बन्धि आवश्यकता ४० लाखको छ भन्दैमा अरुको लहलही मा लागेर बैंक खाता मा बचत गरेको पैसा छ यो वर्ष त् गरिहालौ अर्को वर्ष हेरम्ला भनेर ४० लाख बराबरको बोनस सहित पैसा फिर्ता आउने जीवन बिमा गर्नु भयो भने वार्षिक रुपमा दिर्नु पर्ने बीमाशुल्कको भार तपाईको वार्षिक आम्दनी भन्दा बढी वा आम्दनी बराबर भयो भने फेरि तेही आर्थिक र मानसिक तनाव हुन्च्च बीमा पनि बीचमै टुट्छ। यसको लागि उत्तम बिकल्प भनेको तपाईले वार्षिक रुपमा जुन १ लाख बचत गर्न सक्नुहुन्छ तेस्को ८०५ रकम ८० हजारको वार्षिक बीमाशुल्क बराबर बीबिमाको लागि १ जना भरपर्दो जीवन बीमा अभिकर्ता संग बसेर योजना बनाउन सयहोग लिनुहोस्। जस्तैः वार्षिक रुपमा ५० हजार जति बोनस सहित पैसा फिर्ता आउने जीवन बीमाको लागि २५ हजार दुर्घटना बिमा (पैसा फिर्ता नआउने जीवन बीमा तर कुनै घटना घटेमा आर्थिक क्षतिपूर्ति दिने) बीमाको लागि ५ हजार स्वास्थ बीमाको लागि भनेर जम्माजम्मी ८० हजार वा २ ४ हजारले थप घट गरी सबै बीमाको कुल बिमाक ४० लाख पुर्याउने प्रयास गर्नुहोस।

बीमा पलिसीको मुल्यांकन
तपाईले खरिद गर्न चाहेको बीमा पलिसीले भविष्यमा पाईने सुविधाहरु र शर्त हरुको बारेमा सम्पूर्ण जानकारी हरु लिने प्रयास गर्नुस। यसको लागि बिमा अभिकर्ता संग लिखित रुपमै जानकारी माग्नुस साथ साथै आफुले पनि बिमा कम्पनीको वेब साईट नजिकको शाखा मा सम्पर्क गरी बीमा पलिसी सम्बन्धि सम्पूर्ण जानकारी लिनुस। कसैले पनि बीमा गराउन हतार गर्यो भन्दैमा आफ्नो पसिना को कमाई बोलेकै भर मा दिन लाई तपाईले हतार गर्न जरुरी छैन।

तपाईले सबैभन्दा रामो जीवन बिमा पलिसी लिनु जरुरी छैन बरु यसको साटो तपाईको आवस्यकताको आधारमा बीमा पलिसी लिनुस। तपाई को बीमा गराउने उदेश्यके हो पहिला विचार गर्नुस अनि कुन बिमा पलिसी लिने हो निर्णय गर्नुस किनकी कुनै पनि बिमा पलिसी आफैमा खराब छैन तर तपाई को आवस्यकता संग मेल खाएँ भने त्यो बिमा पलिसी तपाईको लागि खराब नै हो। यसको लागि भरपर्दो जीवन बीमा अभिकर्ता संग सल्लाह, सुझाव लिनुस।

दावी भुक्तानी क्लेम सेटलमेन्टको बारेमा जानकारी 
तपाईले बिमा गर्न थालेको बीमा कम्पनीमा दावी भुक्तानीर क्लेम सेटलमेन्ट को प्रक्रिया कस्तो छ पूर्ण रुपमा जानकारी लिएर मात्रै बिमा गर्नु होस्। यसको लागि अभिकर्ता लगायत बिमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणको आधिकारीक वेब पोर्टल मा गएर जानकारी लिन सक्नुहुन्छ। यसबाहेक बीमा प्रस्ताव फर्म भर्दा हतार ( हतार गरी भर्नु हुदैन आरामले सोधिएका सबै प्रश्नको जवाबरजानकारी सही ( सही दिनु पर्छ कसैले भन्यो भन्दैमा आफ्नो आय स्रोत,स्वास्थ स्तिथि, पारिवारिक विवरण वा अन्य सोधिएका कुनै पनि विवरण गलत दिनु हुदैन किन कि यसले पछी दावी भुक्तानीर क्लेम सेटलमेन्टमा असर पर्न सक्छ।

बीमा पोलिसिको तुलनात्मक अध्यन 
अहिले बजारमा धेरै जीवन बीमा कम्पनीहरु छन्। तपाईले कुनै पनि बिमा कम्पनीको अभिकर्ता बाट जुन बीमा पलिसीको बारेमा जानकारी लिनु भएको छ तेही बिमा पोलिसी अरु जीवन मिमा कम्पनी मा छन्। त्यसैले १ जना अभिकर्ताको भरमा नपरी अन्य जीवन बीमा कम्पनीको शाखामा सम्पर्क गरी वा अभिकर्ता संग सम्पर्क गरी तपाईले लिन चाहेको बीमा पोलिसी को बारेमा बुझेर तुलना गरेर बीमा गर्नुस। यसरी बीमाको तुलना गर्दा कम्पनी को अवस्था, बिमाशुल्क दर , बोनस , रिस्क , अन्य सेवा सुबिधा आदि को तुलना गरी सके पछी मात्रै बिमा किन्ने निर्णय गर्नु बेस होला।

यो लेख राकेश कुमार बर्नवालको हो । उनी नेपाल बीमा बजारका संस्थापक, सिइओ हुन् ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

0%

दु :खी

44%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS