IME Life New

किन धमाधम बन्द गर्दैछन् ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। समयमै भुक्तानी नपाएको भन्दै देशका ठूला अस्पतालले धमाधम स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमितलाई स्वास्थ्य उपचार सेवा बन्द गर्न थालेका छन् । सरकारको अत्यावश्यक सेवा अन्तर्गत पर्ने बीमा र स्वास्थ्य उपचार दुबै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत समेटिए पनि स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएको भन्दै एक पछि अर्को गर्दै नाम चलेका अस्पतालले सेवा बन्द गर्न थालेका हुन् ।

काठमाण्डौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालले असार १५ गतेदेखि सेवा बन्द गर्ने घोषणा गरेको छ । विराटनगरको नोबेल मेडिकल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र झापाको विएण्डसी अस्पतालले असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

Esewa
Crest

बिएण्डसी अस्पताल देशमै सबैभन्दा बढी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दर्ता भएका बीमितहरुको बसोबास भएको झापा जिल्लामा संचालित छ । बिएण्डसी अस्पतालले सेवा ठप्प पार्दा ठूलो संख्यामा बीमित प्रभावित हुनेछन् । बोर्डका अनुसार झापामा मात्र ५ लाख बीमित दर्ता भएका छन् ।

यसबाहेक धुलिखेल अस्पताल, राप्ती आँखा अस्पताल, राणा अम्बिका आँखा अस्पताल भैरहवाले स्वास्थ्य बीमा बोर्डलाई बक्यौता रकम भुक्तानी नगरे सेवा बन्द गर्ने जानकारी गराइ सकेका छन् ।

सरकारले पर्याप्त जनशक्ति र बजेट उपलब्ध नगराएका कारण समयमै अस्पतालहरुलाई बिरामीको उपचार खर्चवापतको रकम भुक्तानी गर्न नसक्दा समस्या आएको बीमा बोर्डको अधिकारीहरुको प्रतिकृया छ । हामीसँग पर्याप्त जनशक्ति छैन, सरकारले निकासा गरेको रकम पनि अपुग छ,एक उच्च अधिकारीले भने,यस्तो अवस्थामा अपेक्षितरुपमा बोर्डले सेवा प्रवाह गर्न नसकेको हो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार २०७२ सालदेखिकै १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । चालू आर्थिक वर्षकै भुक्तानी दिन बाँकी रकम ३ अर्ब रुपैयाँभन्दा बढी छ । आगामी आर्थिक वर्षमा १८ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने बोर्डको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS