काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा बसन्त बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १२ गते देखि लागू हुने गरेर स्वतन्त्र सञ्चालकमा थापालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।


















