IME Life New

कारपारखीलाई झट्का, जनवरीबाट महँगो हुँदै मारुती सुजुकी, महिन्द्रा र आउडीका कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार निर्माता कम्पनी मारुती सुजुकी, महिन्द्रा एन्ड महिन्द्रा र अडीले जनवरीदेखि आफ्ना कारको मूल्य बढाउने भएका छन्। यी कम्पनीले यो निर्णय लिनुको कारण मुद्रास्फीति र वस्तुको मूल्यमा भएको वृद्धिलाई मानेका छन्।

यसबाहेक टाटा मोटर्स र मर्सिडिज बेन्जले पनि आगामी जनवरीदेखि भारतमा आफ्ना कारको मूल्य बढाउने विचार गरिरहेका छन्। मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी हो। यसको इन्ट्री लेभलको सानो कार अल्टोको मूल्य भारुत ३.५४ लाखदेखि मल्टी युटिलिटी कार इनभिक्टोको मूल्य भारु २८.४२ लाखसम्म रहेको छ।

Esewa
Crest

हिजो सोमबारको मारुती सुजकीले कारको मूल्य बढाउने निर्णय गरेको हो। उसले जनवरीबाट कम्पनीका हरेक मोडलका कारको मूल्य बढ्ने जनाएको छ। मारुती सुजुकी इण्डियाका वरिष्ठ कार्यकारी अधिकृत (मार्केटिङ र बिक्री) शशांक श्रीवास्तवले केही मोडेलको मूल्यमा राम्रै वृद्धि हुने बताए। ‘वस्तुको अस्थिरता सहित चारैतिर महँगीको दबाब छ, त्यसैले हामीले जनवरीमा मूल्य बढाउने निर्णय गरेका छौँ’, उनले भने।

महिन्द्रा एन्ड महिन्द्राका सीईओ (अटोमोटिभ डिभिजन) नलिनीकान्त गोलगुन्टाले पनि महँगी र कमोडिटीको मूल्यलाई ध्यानमा राख्दै आउँदो जनवरीबाट लागू हुने गरी कम्पनीका कारहरुको मूल्य बढ्ने बताएका छन्। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS