IME Life New

कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा अन्तर्गत तीन महिनामै बाँड्यो १४ करोड रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चयकर्तालाई १४ करोड रुपैयाँ वितरण गरेको छ। कोषले प्रकाशन गरेको त्रैमासिक तथ्या‌ंक अनुसार साधारण रोगको उपचारका लागि सञ्चयकर्तालाई सर्वाधिक ४ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको छ। कोषबाट गत चालू आव २०८०।८१ को असोज मसान्तसममा १ हजार २७६ सञ्चयकर्ताले स्वास्थ्य उपचारवापतको खर्च रकम सोधभर्ना लिएका हुन् ।

यसैगरी घातक रोगको उपचारका लागि २५२ सञ्चयकर्तालाई ४ करोड १ लाख  रुपैयाँ सहयोग उपलब्ध गराइएको कोषले जानकारी दिएको छ। कोषले घातक रोग उपचारका लागि एकजना सञ्चयकर्तालाई सेवा अवधिभर बढीमा १० लाख रुपैयाँ उपलब्ध गराउँछ। साधारण रोगको उपचारका हकमा भने वर्षको १ लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराइ रहेको छ।

Esewa
Crest

कोषका अनुसार सुत्केरी स्याहारका लागि ४ हजार ६६९ जनालाई ३ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिएको छ। सुत्केरी स्याहार खर्चवापत कोषले सञ्चयकर्तालाई एक पटकमा ७ हजार ५ सय रुपैयाँका दरले बढीमा दुई सन्तानको जन्मा यस्तो सुविधा रकम उपलब्ध गराउँछ। सञ्चयकर्ताको निधन भएको अवस्थामा कोषले काजकिरिया अनुदान वापत ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा तीन महिनाको अवधिमा १९७ जना सञ्चयकर्ताको परिवारलाई ७८ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको छ। दुर्घटनामा परी ज्यान गुमाएका ३६ जना सञ्चयकर्ताको परिवारले प्रति परिवार २ लाख रुपैयाँका दरले ७२ लाख रुपैयाँ भुक्तानी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS