IME Life New

कम्पनीले समयमा तथ्याङ्क नपठाउदा मेरो ‘प्रफमेन्स’मा धक्का पुर्यायो, पुनर्बीमाका सिइओ रायमाझी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले बीमा कम्पनीहरुले समयमा तथ्याङ्क उपलब्ध नगराउदा आफ्नो  ‘प्रफमेन्स’ उपलब्धीमा धक्का पुर्याएको बताएका छन् । अन्य बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् तर नेपाल पुनर्बीमाले अहिलेसम्म गत आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिको वित्तीय विवरण प्रकाशन गर्न नसक्नुमा रायमाझीले अन्य बीमा कम्पनीलाई दोषारोपण गरेका छन् ।

Esewa
Crest

उनले भने ‘इन्ड्रस्ट्रिमा कतिपय कम्पनीहरुले विवरण पठाएका छैनन् । पठाउन नसक्नुमा कतिपय प्रावधिक कारण रहेका छन् भने कतिपय नियतबस रहेका छन् । यसले मेरो प्रफमेन्समा धक्का पुर्याएको छ ।’ यसले गर्दा बीमा समिति नेपाल सरकारलाई रिपोर्टिङ गर्नलाई नै समस्या रहेको उनले दुखेसो पोखे । कोरोना बीमालाई इङ्गित गर्दै यसले कम्पनीको वित्तीय विवरणमा असर पुर्याएको उनले बताए । उनले भने ‘कोभिडले हामीलाई सबैभन्दा धेरै असर पुर्यायो । रिजर्भबाट स्वाट्टै पैसा जाने काम भयो । सामाजिक क्षेत्रमा पनि काम गरिरहेका छौ ।’

यो हामी सबैको कम्पनी भएको स्वस्थ आलोचना गरिदिन उनले पत्रकारहरुलाई अनुरोध समेत गरेका छन् । बीमा समितिले शनिवार बीमा क्षेत्रका पत्रकारहरु सँग अन्तर्क्रिया तथा छलफल कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा अध्यक्ष डा. रविन्द्र घिमिरेले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न पुनर्बीमा कम्पनी तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कार्यक्रममा बीमा क्षेत्रमा हुने फ्रडको विषयमा प्रस्तुतिकरण दिएका थिए । विश्वमै बीमा क्षेत्रमा अत्याधिक फ्रड हुने गरेको हुँदा पत्रकारहरुलाई यस्ता कुराहरु सार्वजनिक गरेर उजागर गर्न समेत अनुरोध गरेका छन् ।

अन्तर्क्रिया कार्यक्रममा पुनर्बीमा विज्ञ विष्णु प्रसाद उपाध्यायले पुनर्बीमाको आधारभुत जानकारी गराएका थिए । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृतले नेपाल पुनर्बीमा कम्पनीको इतिहास, भुमिका, उपलब्धी, चुनौती लगायतको विषयमा प्रकाश पारेका थिए । नेपाल पुनर्बीमाले आगामी दिनमा निरन्तर रुपमा पत्रकारहरु सँग भेटघाट गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS