IME Life New

एयर इण्डियाले खरिद गर्न लागेकाे ४७० थान नयाँ विमानकाे बीमाका लागी चर्काे प्रतिस्पर्धा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । प्रमुख भारतीय वायूसेवा कम्पनी एयर इण्डियाले खरिद गर्ने भनिएकाे करिब पाँच सय थान नयाँ हवाई जहाजकाे बीमाका लागी भारतीय बीमा कम्पनीहरु हानाथाप गरिरहेका छन् ।

भारतीय सरकारी स्वामित्वकाे वायू सेवा कम्पनीलाई खरिद गरेकाे टाटा समूहले बाेइङ र एयरबस सँग ४ सय ७० थान नयाँ विमान खरिद गर्ने सम्झाैता गरिसकेकाे छ ।

Esewa
Crest

युरोपेली बहुर्राष्ट्रिय पूनर्बीमा कम्पनीहरूले लन्डनमा एयर इन्डियाका प्रतिनिधीसँग विमानहरूका लागी हवाई बीमाबारे छलफल गरेका थिए। एकै पटक ठूलाे स‌ंख्यामा विमानकाे बीमाकाे अवसर पाइने भएकाले प्रायः सबै ठूला पूनर्बीमा कम्पनीहरूले भरमग्दुर प्रयास गरिरहेकाे भारतीय संचारगृहले उल्लेख गरेका छन् ।

बीमा सेवाका लागी टाटा समूहकै स्वामित्व रहेकाे टाटा एआईजी जनरल इन्स्योरेन्स सम्झौताका लागी अग्रसरता देखाएकाे छ। यसबाहेक सरकारी स्वामित्वकाे द न्यू इण्डिया एस्योरेन्स कम्पनी, ओरिएन्टल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्डिया इन्स्योरेन्स र नेशनल इन्स्याेरेन्स कम्पनी समेत दाैडमा सहभागी छन्।

एयर इन्डियाको ११७ विमान र एयर इन्डिया एक्सप्रेस ‘२४ को लागि गत वर्षको बीमा सम्झाैताका लागी ठूलाे रकम भुक्तानी गर्नुपरेकाे थियाे । याे रकम करिब भारतीय रूपैयाँ ३ अर्ब वा ३ कराेड ६० लाख अमेरिकी डलर रहेकाे थियाे । यसमध्ये २ करोड ४० लाख अमेरिकी डलर एयर इन्डियाकाे विमानका लागि मात्र खर्च भएको थियो।

रूस र युक्रेनबीच चलिरहेको यूद्ध लगायतका कारणले हवाई जहाज बीमाको बीमाशुल्क महगिएकाे छ।

गत वर्ष, एयर इण्डियाकाे विमान बीमाका लागी टाटा एआईजीले ३० प्रतिशत न्यू इन्डिया एस्योरेन्सले ४० प्रतिशत जाेखिम बहन गरेकाे थियाे । याे मध्ये पाँच प्रतिशत जाेखिम मात्र आफूसँग राखेर बाँकी जाेखिम यी कम्पनीले विदेशी पूनर्बीमकमा हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

22%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS