IME Life New

एभरेष्ट इन्स्योरेन्सले पायो ३०० प्रतिशत हकप्रद शेयर बिक्रि गर्ने अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सले धितोपत्र बोर्ड बाट ३०० प्रतिशत हकप्रद शेयर बिक्री अनुमति पाएको छ । बोर्डले एभरेष्ट इन्स्योरेन्सलाई प्रति १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने निर्णय गरेको हो । एभरेष्टको हकप्रद शेयर निष्काशनको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्नेछ ।

Crest

२७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS