IME Life New

एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुरको चोकबजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन चैत्र २६। एनआईसी एशिया बैंकले भरतपुर महानगरपालिका वडा नम्बर-६ चोकबजारमा आफ्नो नया शाखा बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रिबन काटेर शाखाको उद्घाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले जनताप्रति उत्तरदायी भई बैंकलाई सेवामूखी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । अर्थतन्त्रको गुणात्मक बृद्धिको लागि वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले जनताको घर आँगनमा बैकिङ सेवा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

Esewa
Crest

कार्यक्रममा बोल्नु हुँदै एनआईसी एशिया बैंकका संचालक समिति सदस्य राजेन्द्रप्रसाद अर्यालले एनआईसी एशिया बैंकले संघीय संरचना अनुसार देशका विभिन्न ठाँउमा आफ्नो शाखा बिस्तार गरिरहेको बताउनु भयो । एनआईसी एशिया बैंक नेपालको अग्रणी बाणिज्य बैकको रुपमा स्थापित भइरहेको यो समयमा बैंकको सेवा नपुगेको ठाउँमा शाखा बिस्तार गरिरहेको जानकारी दिनुभयो ।

एनआइसी एशिया बैंकको १ सय ९२ वटा शाखा, १ सय ९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको कूल निक्षेप एक खर्ब ३० अर्ब र कूल कर्जा एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । शाखा उद्घाटन समारोहमा जिल्लाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS