IME Life New

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई घरमै बसी अनलाईनबाटै खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ।

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको कुरालाई ध्यानमा राख्दै कम्पनीले यस सुविधा ल्याएको हो ।

Esewa
Crest

निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले अनलाईन मार्फत एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनलिे जनाएको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट वा सोझै https://nicasiacapital.com/ भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ । हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एन आई सी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।

यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोवाईल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS