IME Life New

एनआइसी एशिया क्यापिटले पायो १२ करोड ५० लाख इकाइ म्युचल फण्ड विक्री गर्ने अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनआइसी एशिया क्यापिटलले म्युचल फण्ड विक्रीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ’एनआईसी एसिया ब्यालेन्स फण्ड’ अन्तर्गत १२ करोड इकाइ बिक्री गर्न अनुमति दिएको हो ।

अब क्यापिटलले १ अर्ब २५ करोड रुपैयाँ बराबरकोे १२ करोड ५० लाख इकाइ बिक्री गर्न अनुमति पाएको हो । यस योजनामा एनआईसी एशिया बैंक कोष प्रबर्दक रहने छ भने एनआईसी एशिया क्यापिटल योजना ब्यबस्थापक रहने छ ।

Crest

हाल बजारमा १५ वटा सामुहिक लगानी कोष सञ्चालनमा छन । जस मध्ये एनआईसी एसिया क्यापिटलले ’एनआईसी एसिया ग्रोथ फण्ड’ संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS