IME Life New

एचआईडीसीएलको १.६८ करोड कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको १ करोड ६८ लाख बढी कित्ता शेयरमा बोलपत्र पेस गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ।

कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत गत साउन २९ गतेबाट बिक्रीमा राखिएको थियोे। यो शेयरमा आज बैंकिङ समयसम्म इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्। यो शेयर बिक्रीपछि नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS