IME Life New

एचआइडिसिएलले तीन महिना भित्रमा हकप्रद निष्काशन गर्ने, ‘रेटिङको म्याद सकिएको हो, हकप्रद रोकिएको होइन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ‘एचआइडिसिएल’ ले तीन महिना भित्रमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले यस अगाडि गरेको रेटिको म्याद सिकएकाले पुनः रेटिङ गर्नु पर्दा हकप्रदको प्रकृयाँ रोकिएको हो। कम्पनीको रेटिङ यहि बुधबार आउने कम्पनीका नायव महाप्रवन्धक मुक्ति बोध न्यौपानेले जानकारी दिए।

हकप्रद निष्काशन प्रकृयाँ ढिला हुँदा कम्पनीको रेटिङको म्याद सकिएको हो। कम्पनीले केहि समय अगाडि हकप्रद निष्काशनको विशेष प्रस्ताव साधारणसभाबाट समेत पारित गरिसकेको छ। कम्पनीको साधारणसभाबाट पारित भैसकेको विषयबाट पछाडि हट्न नमिलने न्यौपानेले जानकारी दिए।

Esewa
Crest

कम्पनीले केयर रेटिङ नेपालमा पुनः रेटिङका लागि पठाएको छ। रेटिङ एजेन्सीले बुधबार रेटिङ रिपोर्ट दिने वित्तीकै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको छ। कम्पनीको अवको तीन महिना भित्रमा हकप्रद निष्काशन गरिसक्ने न्यौपानेले बताए।

कम्पनीको हालको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रमुख शेयरधनी नेपाल सरकारले अग्रिम रुपमा हकप्रदबापतको पुँजी दिसकेको छ। यसमा नेपाल सरकारले दिएको अग्रिम पुँजी सहित १६ अर्ब ५० करोड रुपैयाँ पुगेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS