IME Life New

उदयीमान एशियाली अर्थतन्त्रले विश्वव्यापी अर्थतन्त्रमा सकारात्मक प्रभावः स्विस रि इन्स्टिच्युट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वीट्जरल्याण्डमा मुख्यालय रहेकाे पुनर्बीमक स्वीस रि अन्तर्गतकाे स्विस रि इन्स्टिच्युट (एसआरआई) को पछिल्लो सिग्मा प्रतिवेदन अनुसार आगामी वर्षहरुमा विश्वव्यापी आर्थिक वृद्धिमा उदयीमान एशिया मुख्य योगदानकर्ता हुने अपेक्षा गरिएको छ।

चीनको अर्थतन्त्रको पुन: खुलापनले मागमा सुधार ल्याउने क्रममा, स्विस रिले यस वर्ष  उदयीमान एसियाको आर्थिक वृद्धि दर ५‍.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। यद्दपी चीनकाे आर्थिक वृद्धिकाे सकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा प्रसार हुन समय लाग्ने प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

स्विस रि को विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण यस वर्ष २.३% र २०२४ मा २.३% मा रहने अनुमान छ। १८ महिनाभन्दा बढीको बढ्दो ब्याजदर, बिग्रँदै गएको ऋण अवस्था र सरकारहरूबाट संकुचित बजेट घाेषणाकाे प्रभावले वृद्धिको सम्भावनालाई कमजोर बनाउने प्रतिवेदनमा उल्लेख छ।

भारत, थाइल्यान्ड, इन्डोनेसिया र मलेसिया जस्ता देशहरू लगायतका उदयीमान एशियाली बजारले विश्वव्यापी आर्थिक वृद्धिलाई ठूलो मात्रामा समर्थन गरेको छ। आउँदा वर्षहरुमा याे थप बढ्ने प्रतिवेदनमा आशा व्यक्त गरिएकाे छ। गत वर्षको डिसेम्बरमा काेराेना महामारीकाे प्रकाेप नियन्त्रणका लागी अधिका‌ंश भूभागमा बन्दाबन्दी व्यहाेरेकाे चीनको अर्थतन्त्र पुन: क्रमिकरूपमा खोल्ने क्रममा यस वर्ष २०२२ मा भन्दा बलियो वृद्धिदर हासिल गर्ने थोरै देशहरूमध्ये एक हुने अनुमान गरिएको छ।

इन्स्टिच्युटका अनुसार, विश्वव्यापी बीमाशुल्कहरु, निर्जीवन र जीवन दुबै व्यापारमा, २०२३ मा १.१ प्रतिशत र  २०२४ मा १.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS