IME Life New

उच्च दर र प्रतिबन्धात्मक नीतिहरुले पुनर्बीमकलाई लाभ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका पुनर्बीमा कम्पनीहरुको सुधारिएको मूल्य निर्धारण, थप प्रतिबन्धात्मक नीति र बलियो लगानी आम्दानीले सकारात्मक दृष्टिकोण प्राप्त गरेको छ।

मुडिज रेटिङ्सका अनुसार कोभिड–१९ महामारी, द्वन्द्व र प्राकृतिक प्रकोपबाट हुने महत्वपूर्ण नोक्सानीको प्रतिक्रियास्वरुप पुनर्बीमा कम्पनीहरुले दरहरु बढाएका छन् भने आफ्ना नीतिहरु समायोजन गरेका छन्। उच्च ब्याजदरले पुनर्बीमा कम्पनीहरुको लगानी प्रतिफल पनि बढाएको मुडिजले जनाएको छ।

Esewa
Crest

मुडिजले सम्पत्ति पुनर्बीमा मूल्य निर्धारण अनुकूल रहने अपेक्षा गरेको छ। जब कि उत्कृष्ट ब्यालेन्स सिटले पुनर्बीमकहरुलाई सम्भावित उच्च प्रकोप घाटा सामना गर्न मद्दत गर्ने पनि मुडिजको निष्कर्ष छ।

धेरै वर्षको पर्याप्त दर वृद्धिपछि मुडिजको विश्वव्यापी सम्पत्ति र दुर्घटना पुनर्बीमकहरुको वार्षिक सर्वेक्षणअनुसार यस सकारात्मक दृष्टिकोणको बाबजुद पुनर्बीमा खरिदकर्ताहरुले अर्को वर्ष सम्पत्ति पुनर्बीमा मूल्य वृद्धिमा मन्दी आउने अपेक्षा गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS