IME Life New

इलेक्ट्रिक कारसँग सन्तुष्ट छैनन् भारतीय ग्राहक, यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विद्युतीय कार (ईभी)सँग भारतीय ग्राहक सन्तुष्ट नरहेको पाइएको छ। यसको प्रभाव ईभी बिक्रीमा पनि देखिएको छ। भारतको अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्स पक्कै पनि यसको सबैभन्दा ठूलो इलेक्ट्रिक वाहन पोर्टफोलियोका साथ ईभी सेगेमनटको लिडर बनेको छ। तर, गत जुलाईमा टाटालाई पनि ठूलो धक्का लागेको थियो।

हालै गरिएको एक सर्वेक्षणले भारतीय विद्युतीय सवारी मालिकको नियत खुलाएको छ र भारतमा ईभीको भविष्यमा प्रश्न चिह्न खडा गरेको छ।

Esewa
Crest

पार्क प्लसद्वारा गरिएको सर्वेक्षण अनुसार भारतमा कुल ५१ प्रतिशत ईभी मालिकहरु पेट्रोल वा डिजेल गाडीहरु प्रयोग गर्न चाहन्छन्। पार्क प्लसले भारतीय सहरहरुमा आवासीय र व्यावसायिक परिसरहरुमा पार्किङ समाधानहरु प्रदान गर्दछ। यसले दिल्ली, मुम्बई र बैंगलोरका करिब ५०० ईभी कार मालिकको सर्वेक्षण गरेको थियो।

सर्वेक्षण प्रतिवेदनले पारम्परिक आईसीई (पेट्रोल–डिजेल) सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनका मालिकहरु कम सन्तुष्ट रहेको देखाएको छ। यसका लागि उनले विद्युतीय कारसँग सम्बन्धित दैनिकीका विभिन्न प्रकारका समस्यालाई दोष दिएका छन्। यसमा चार्जिङ पूर्वाधार, मर्मतसम्भार, दायरा चिन्ता, पुनः बिक्री मूल्य र उच्च मूल्यजस्ता धेरै पक्षलाई उजागर गरिएको छ।

प्रतिवेदनका अनुसार सबैभन्दा बढी ८८ प्रतिशतले कार चार्ज गर्ने सुविधालाई लिएर चिन्ता व्यक्त गरेका छन्। यो समस्या दायरा चिन्ताभन्दा पर गएको छ। जुन परम्परागत रुपमा महत्वपूर्ण चिन्ताको विषय बनेको छ। भारतभर २० हजारभन्दा बढी ईभी चार्जिङ स्टेसन भए पनि यस सर्वेक्षणमा सहभागीले ती चार्जिङ स्टेसनको पहुँच र पारदर्शिताप्रति निराशा व्यक्त गरे। धेरै मानिसहरुले सुरक्षित र सक्रिय चार्जिङ स्टेसन खोज्नु ठूलो चुनौती बनेको प्रतिक्रिया दिएका छन्।

प्रमुख ईभी कार कम्पनीहरुले पनि पेट्रोल–डिजेल गाडीको तुलनामा विद्युतीय कारमा कम कम्पोनेन्ट हुने दाबी गर्दै आएका छन्। जसका कारण मर्मत गर्न सजिलो हुन्छ। तर, यो सर्वेक्षणले दाबी गरेको छ कि लगभग ७३ प्रतिशत इलेक्ट्रिक कार मालिकले मर्मतसम्भारलाई ठूलो समस्याका रुपमा वर्णन गरेका छन्। उनीहरुका अनुसार उनीहरुको विद्युतीय गाडी प्रायः ‘ब्ल्याक बक्स’ जस्तो लाग्छ, जुन बुझ्न गाह्रो हुन्छ।

सबैभन्दा ठूलो कुरा स्थानीय मेकानिकले सानातिना समस्या समाधान गर्न नसक्नु हो। धेरै इलेक्ट्रिक कार मालिकले मर्मत पसल विकल्पहरुको अभाव र मर्मत लागतका बारेमा स्पष्ट चित्रको अभावमा निराशा व्यक्त गरेका छन्।

सर्वेक्षणमा विद्युतीय सवारीसाधनको पुनः बिक्री मूल्य पनि ठूलो समस्याका रुपमा देखिएको छ। लगभग ३३ प्रतिशत मानिसले आफ्नो इलेक्ट्रिक कारको पुनः बिक्री मूल्य जाँच गर्दा अपेक्षा गरिएकोभन्दा धेरै कम रकम प्रस्ताव आएको प्रतिक्रिया दिएका छन्। ईभी इकोसिस्टममा सुधार हुँदै जाँदा पुनर्विक्रय मूल्य पनि बढ्न सक्ने विश्वास गरिएको छ।

अन्य पेट्रोल–डिजेल गाडीको पुनः बिक्री मूल्य तिनीहरुको मेक मोडेल, माइलेज वा चल्ने अवधिकाआधारमा सजिलै गणना गर्न सकिन्छ। तर, विद्युतीय सवारीसाधनको हकमा यस्तो हुँदैन। किनकि सबैजना ईभीसँग परिचित छैनन् र तिनीहरुको ब्याट्री लाइफका आधारमा तिनीहरुको पुनः बिक्री मूल्य निर्धारण गर्न अलि गाह्रो छ। कुनै पनि ईभीको ब्याट्रीको लागत वाहनको कुल मूल्यको लगभग ४० प्रतिशत रहेको हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS