IME Life New

इन्स्योरेन्स कम्पनीहरुको हकप्रद शेयर छुटला है

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, फाल्गुन २१, हाल बजारमा एउटा जीवन बिमा कम्पनी र एउटा निर्जीवन बिमा कम्पनीले हकप्रद शेयर निस्कासन गरेका छन् निकट भबिष्यमै बिमा समितले तोकेको चुक्ता पुंजी कायम गर्नुपर्ने हुदा, जीवन बिमा तर्फ़ गुराँस लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा निर्जीवन बिमा तर्फ़ सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद निस्कास शेयर छिटै हुने छ,अहिले भने बजारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी र  नेको इन्स्योरेन्स कम्पनीका साबिक शेयर धनीहरुले हकप्रद शेयर भर्न सक्छन :-

एशियन लाइफ इन्स्योरेन्स कम्पनी

Esewa
Crest

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रदको बिक्री फागुन १३ गते आइतवारदेखि विक्री खुल्ला भएको छ । एसियन लाईफले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता शेयर निष्कासन गर्ने गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

बीमा समितिको निर्देशन बमोजिम २ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका शेयरधनीले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । हकप्रद शेयरमा फागुन १३ गते देखि चैत्र १८ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका शेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

पूँजी वृद्धिसँगै प्रतिशेयर आम्दानी वृद्धि गर्न नसक्नु कम्पनीको नकारात्मक पक्षको रूपमा देखिन्छ । पूँजी वृद्धिका लागि निकट भविष्यमा जारी गर्न लागेको ५० प्रतिशत हकप्रदपछि कम्पनीलाई प्रतिशेयर आम्दानी र लाभांश सन्तुलन गर्न थप चुनौती थपिने देखिन्छ ।

 नेको इन्स्योरेन्स कम्पनी 

निर्जीवन बिमा ब्यबसाय गर्ने नेको इस्योरेन्सको माघ २६ गते देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले २ः१ अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद शेयरमा माघ २६ गते देखि चैत्र १ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन् । नेकोको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यस्तै, आस्वा सेवा प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ ।

नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १३ करोड ८९ लाख आर्जन गर्न सफल भएको छ । कम्पनीले यो गत आवको तुलनामा ३४ प्रतिशतले वृद्धि गरेको हो ।

कम्पनीको बीमा शूल्क आर्जत गत आवको तुलनामा २५ प्रतिशतले बढेर रू. ८० करोड ९८ लाख पुगेको छभने,जगेडा कोषको रकम रू. २५ करोड ९३ लाख पुगेको रू. २५ करोड ९३ लाख पुगेको छ । कम्पनीको चुक्तापूँजी गत अवाको तुलनामा २ गुणा बढेर रू. ७८ करोड ४१ लाख पुगेको छ  ।

कम्पनीको कुल दाबी भुक्तानी रकम रू. ३१ करोड ८२ लाख रहेको छभने भुक्तानी हुन बाँकी दाबी रकम रू. ३५ करोड ४८ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (हकप्रद शेयर समायोजन अगाडी) रू. २९ दशमलव ७२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS