IME Life New

इन्भेष्टमेन्ट बैंकको खुद नाफा एक अर्ब नजिक, ऋण एक्सपोजर खर्बभन्दा माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले नबिल बैंकलाई खुद नाफामा पहिलो पटक पछिपारकेको छ। इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा ८९ करोड ४९ लाख रुपैयाँ गरेको छ। जबकी नबिलको नाफा ८५ करोड १४ लाख रुपैयाँ छ।
नेपाल इन्भेष्टमेन्ट बैंकले अघिल्लो बर्षको तुलनामा २० प्रतिशतले नाफा बढाएको हो। बैंकले गत वर्ष ७४ करोड ८ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकले पहिलो तीन महिनामा खुद ब्याज आम्दानी एक अर्ब ३२ करोड रुपैयाँ गरेको छ भने गत वर्षको यहि अवधिमा एक अर्ब १० करोड रुपैयाँ गरेको थियो। साथै बैंकको ब्याज खर्च एक अर्ब ८८ करोड रुपैयाँ छ। कुल ब्याज आम्दानी भने तीन अर्ब २२ करोड रुपैयाँ गरेको छ।
बैंकले एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत वर्षको यहि अवधिमा एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ४४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगिसकेको छ। जगेडा कोषमा ८ अर्ब ११ करोड रुपैयाँ जम्म भएको छ। बैंकको पूँजी कोष अनुपात १.१५ प्रतिशतले घटेर १२.७८ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा ०.३३ प्रतिशतले बढेर १.०४ प्रतिशत पुगेको छ। बैंकको प्रति शेयर आम्दानी ३३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS