IME Life New

आ.व. ७६/७७ मा नेपाल लाईफको बजार हिस्सा सर्वाधिक, अन्यको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमान्डौ। आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तीय  अनुसार नेपाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९१ अर्ब ६७ करोड खुद बीमा शुल्क आर्जन गरेका छन् ।

१९ जीवन बीमा कम्पनी मध्य नेपाल लाईफ इन्स्योरेन्सले सर्वाधिक २७ अर्ब ३४ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।  नेपाल लाईफले आर्थिक वर्ष ७६/७७ मा सम्पूर्ण जीवन बीमा कम्पनीहरुले गरेको खुद बीमा शुल्क आर्जनको २९ दशमलव ८३ प्रतिशत हिस्सा लिन सफल भएको छ।

Crest

दोश्रोमा एलआईसी नेपालको बजार हिस्सा १६ दशमलव १९ प्रतिशत रहेको छ । एलआईसी नेपालले १४ अर्ब ८४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

तेश्रोमा नेशनल लाईफको बजार हिस्सा ९ दशमवल ९४ प्रतिशत रहेको छ । नेशनल लाईफले ९ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

नयाँ जीवन बीमा कम्पनी युनियन लाईफले पनि आक्रामक व्यापार गर्दै आफ्नो बजार हिस्सा ४ दशमलव ९१ प्रतिशत पुगाउन सफल भएको छ । युनियन लाईफले ४ अर्ब ५० करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

आर्थिक वर्ष ७६/७७ मा सबै भन्दा थोरै बजार हिस्स्सा सानिमा लाईफको रहेको छ।  सानिमा लाईफको बजार हिस्सा शुन्य दशमलव ९० प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS