IME Life New

सञ्चय कोषले सूचीकृत अस्पतालबाट भएको उपचारको मात्र खर्च दिने(सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले फागुन १ गतेदेखि लागू हुने गरी कोषमा आबद्ध अस्पतालहरुबाट मात्र उपचार खर्चवापतको रकम सोधभर्ना दिइने घोषणा गरेको छ ।कोषका अनुसार उपचार खर्च दाबीलाई सहज र पारदर्शी बनाउनका लागि सूचीकृत अस्पतालहरुको सूची तयार पारिएको छ।

सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सातवटै प्रदेशका कोशी प्रदेशका १५ अस्पताल, मधेश प्रदेशका ९ अस्पताल, बागमती प्रदेशका ६० अस्पताल, गण्डकी प्रदेशका १५ अस्पताल, लुम्बिनी प्रदेशका १६ अस्पताल, कर्णाली प्रदेशका २ अस्पताल र सुदूरपश्चिम प्रदेशका ३ अस्पताल रहेका छन् ।

Esewa
Crest

EPF Hospital List

कोषले फागुन १ गतेदेखि नै लागू हुने गरी सञ्चयकर्ताको दम्पत्तीका लागि स्वास्थ्य उपचार तथा घातक रोग उपचार सम्बन्धी खर्च सुविधा शुरु गरेको छ। यो सुविधा अन्तर्गत सञ्चयकर्ताको श्रीमान् वा श्रीमतिको समेत स्वास्थ्य उपचार गर्दा प्रत्येक आर्थिक वर्षमा १ लाख रुपैयाँ बराबरको उपचार खर्च र सेवा अवधिभर १ पटकका लागि घातक रोग उपचार वापत १० लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराइने छ।

सूचीकृत अस्पताल बाहेक नेपाल सरकारका सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरका सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य केन्द्रहरु¸ नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल र शिक्षण अस्पतालहरुबाट समेत उपचार सेवा लिंदाको खर्च सोधभर्ना पाइने कोषले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS