IME Life New

आम्दानी बढेपछि न्यादी हाइड्रोपावरको घट्यो घाटा, ईपीएस ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमासमा कम्पनीले ८६ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीले घाटा घटाएको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २७.१२ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ५४ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि अन्य इक्विटी ४४ करोड ९४ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.५६ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १४.१९ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३.७० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS