IME Life New

आफ्नै फार्मेसी नभए अस्पताललाई दाबी भुक्तानी नदिने स्वास्थ्य बीमा बाेर्डकाे चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बाेर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालले फर्जी खर्च बिल पेश गरेर दाबी गर्ने प्रवृत्तीमा अ‌ंकुश लगाउने प्रयास गरेकाे छ । बाेर्डले दाबी भुक्तानीका लागी पेश गर्नुपर्ने कागज प्रमाण र शर्तहरूमा कसिकसाउ गरेर नियन्त्रणकाे प्रयास थालेकाे हाे ।

बाेर्डले औषधीकाे दाबी भुक्तानीका लागी सेवा प्रदायक स‌ंस्थाले आफ्नै औषधी पसल सञ्चालन गर्नुपर्ने शर्त रहेकाे छ। सेवाग्राहीलाई अन्यत्रबाट औषधी खरिद गर्नुपरेकाे गुनासाे आए दाबी भुक्तानी राेकिने जानकारी दिएकाे छ। प्याकेज बाहिरकाे औषधी दिनुपरेमा दाबी विवरणमा अ‌ंग्रेजी वर्णमालाकाे क्रमानुसार औषधीकाे विवरण उल्लेख गर्नुपर्नेछ

Esewa
Crest

बाेर्डले अस्पतालमा उपचारका क्रममा भर्ना गरिने बिरामीसँग सुरक्षणवापत अग्रिमरुपमा कुनै पनि रकम जम्मा गर्न बाध्य नपार्न सूचित गरेकाे छ। बिरामीबाट सुरक्षण लिएकाे जानकारी पाएकाे अवस्थामा दाबी भुक्तानी अस्वीकृत गर्ने चेतावनी बाेर्डले दिएकाे छ।

बिरामी उपचारका क्रममा कुन वार्डमा बसेकाे हाे, कति दिन बसेकाे हाे छुट्टी पूर्जामा साेकाे विवरण उल्लेख गरेर उपचारकाे श्रृंखला प्रष्ट उल्लेख भएकाे कार्डेक्स संलग्न गर्न समेत बाेर्डले जानकारी गराएकाे छ।

Health insurance claim

यसबाहेक स्थानीय प्रदेश र स‌ंघ सरकारबाट निःशुल्क प्रदान गरिने कुनै पनि कार्यक्रम औषधीकाे दाबी नगर्न समेत सचेत गराएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS