IME Life New

आधारभूत रुपमा बलियो हुँदै प्राईम लाईफ, जीवन बीमा कोष ११ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमान्डौ। प्राईम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासमा कम्पनीले २ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।  त्यस्तै समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन रकम पनि २ अर्ब ८६ करोड बाट वृद्धि भएर ३ अर्ब २६ करोड पुगेको छ।

कम्पनीको जीवन बीमा कोष ८ अर्ब ९० करोड बाट वृद्धि भएर ११ अर्ब ४७ करोड पुगेको छ।  २ अर्ब २५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ रहेको छ।

Crest

कम्पनीको खुद  मुनाफा भने घटेको छ।  आर्थिक वर्ष ७५/७६मा ३१ करोड ३० लाख खुद मुनाफा गरेको कम्पनीले अहिले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासमा भने २९ करोड ८५ लाख खुद मुनाफा गरेको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ भने किताबी मूल्य १४५ रुपैयाँ ५६ पैसा रहेको छ।

तर जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा भने बीमांकीय मूल्याङकनपछि मात्र देखिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS