IME Life New

आठ महिनामा जीवन बीमा कम्पनीहरुको २० अर्ब प्रथम बीमाशुल्क संकलन, को बन्यो पहिलो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६/७७ को फागुन मसान्तसम्ममा २० अर्ब रुपैयाँ भन्दा माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले २० अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०६६/७७ को फागुन मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा ५ अर्ब ३६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब २१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा नयाँ जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले फागुन मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब २४ करोड रुपैयाँ र एशियन लाइफले १ अर्ब ७ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ८८ करोड रुपैयाँ, रिलायबल लाइफले ८० करोड रुपैयाँ, सिटिजन लाइफले ७१ करोड रुपैयाँ, ज्योति लाइफले ७१ करोड रुपैयाँ र प्राइम लाइफले ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

सूर्या लाइफले ६३ करोड रुपैयाँ, आइएमई लाइफले ५१ करोड रुपैयाँ, रिलायन्स लाइफले ४९ करोड रुपैयाँ, सन नेपाल लाइफले ४६ करोड रुपैयाँ, सानिमा लाइफले ३९ करोड रुपैयाँ, गुराँस लाइफले ३७ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३६ करोड रुपैयाँ र प्रभु लाइफले ३४ करोड रुपैयाँ प्रथम बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS