IME Life New

आठ अर्ब लगानीमा निर्माण भएको पाँच तारे हिल्टन होटलको आज भव्य उद्घाटन (तस्वीर सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विलासी आवास र असाधारण आतिथ्यताका लागि विश्वभर प्रख्यात हिल्टन होटल्सले हिल्टन काठमाडौंको शुक्रबारदेखि औपचारिकरूपमा उद्घाटन हुँदैछ।जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आठअर्ब रूपैयाँ लगानीमा पाँच तारे स्तरको यो होटल सञ्चालनमा ल्याएको हो।

हिल्टन ब्राण्डमा नेपालमा सञ्चालनमा ल्याइएको हिल्टन होटल्सको यो पहिलो होटल हो ।

Esewa
Crest

जुलाई पहिलो सातादेखि ‘सफ्ट लञ्च ’ गरेको यो होटलको बाहिरी आवरण पुरै काँचबाट बनाइएको छ। यी काँचमा सूर्यको प्रकाशसँगै काँचको रङ परिवर्तन भइ रहन्छ। कुल ३९ वटा अति विशिष्ट कोठा रहेको १५ तल्ले यो होटलमा कुल १७४ कोठा छन् । होटलमा आधुनिक, चिनियाँ र तिब्बती झल्को दिने सजावटसँगै कार्पेट र भित्ताहरूमा ढाका कपडाको प्रयोगबाट नेपालीपनको झल्को दिने प्रयास गरिएको छ।

hilton Hotel
शयन कक्ष

ककटेल मिक्सोलजी शत्र र रात्रिभोजमा, होटलका महाप्रबन्धक श्रीधर थोटाले हिल्टन काठमाडौंले आफ्ना पाँचवटा आउटलेटहरूमा अनौठो अनुभव सहित खानपिनका लागि शहरको प्रसिद्ध पकवानहरू आगन्तुकलाई खुवाउने लक्ष्य राखेको बताएका छन्।

हिल्टन काठमाडाैंको रेष्टुरेण्ट

उद्घाटन समारोहमा सहभागि हुने अतिथीले समय बजी, बारा, मःमः लगायतका परिकारहरू चाख्ने अवसर पाउनेछन् ।

होटलको १५ औं तलामा छतको पोखरी, जुन शहरको सबैभन्दा उच्च तापक्रम नियन्त्रित बाह्य पौडी पोखरी हो ९पुलको ओछ्यानमा राती उज्यालो हुने सेन्सरहरू जडान गरिएको छ। यसलाई दुईवटा पानी पिउने प्वालहरूद्वारा जोडिएको छस् एक आउटडोर बार लिरा, र इनडोर स्पेस ओरियन, जसले शहरमा स्थानीय सामग्रीहरू प्रयोग गरेर ककटेलहरू पस्किन्छ। यो पोखरी परिसर रात छिप्पिदै जाँदा नाइटक्लबमा परिणत हुन सक्छ।

सभा कक्ष

होटलको १३ औं तल्लामा रहेको एएसए काठमाण्डौंको सबैभन्दा माथिल्लो तल्लामा अवस्थित खानपिन गर्न मिल्ने सुविधा भएको भोजनालय छ, जहाँ भुइँदेखि छतसम्मका काँचका झ्यालहरू र शहरको मनोरम दृश्यहरू प्रदान गर्ने टेरेसहरू छन्। यो भोजनालयमा एशियाली भाडादेखि नेपाली र भारतीय थालीहरू, र बिहानको खाजाको लागि दक्षिण भारतीयसम्मको बहु(व्यंजन सूची समावेश गरिएको छ। लबी लेभलमा बिस्ट्रो, लाभा बक्स, बाहिरी बार र लाउन्ज रहेको छ।

होटलको करिडर

कुल ६ अर्ब ८५ करोड ४० लाख रूपैयाँ लागत अनुमान गरिएकोमा कोरोना महामारी लगायतको कारणले निर्माण कार्य ढिलो गरी सम्पन हुँदा यसको लागत बढेर ८ अर्ब रूपैयाँ पुगेको छ । यस आधारमा एउटा कोठाको औसत लागत रकम ४ करोड ५९ लाख रूपैयाँ हुन जान्छ ।

एक रातको बसाईका लागि २६ हजार रूपैयाँसम्म लाग्ने यो होटलले शुरूवाती योजना अन्तर्गत दुई रातको बासका लागि ३८ हजार रूपैयाँ निर्धारण गरेको छ। यस अन्तर्गत दुइ रातको बास, ब्रेक फास्ट, मिनि बार र विमानस्थलसम्म लैजाने ल्याउने यातायात सुविधा समेत समावेश गरिएको छ। 

एक रातको बसाईका लागि २६ हजार रूपैयाँसम्म लाग्ने यो होटलले शुरूवाती योजना अन्तर्गत दुई रातको बासका लागि ३८ हजार रूपैयाँ निर्धारण गरेको छ। यस अन्तर्गत दुइ रातको बास, ब्रेक फास्ट, मिनि बार र विमानस्थलसम्म लैजाने ल्याउने यातायात सुविधा समेत समावेश गरिएको छ।

छतमा निर्मित पाैडी पोखरी

होटलमा कार्यरतमध्ये ४५ प्रतिशत जनशक्ति महिला छन् भने ७ प्रतिशत जनशक्ति फरक क्षमताका छन् । पेट्रोलियम इन्धनको प्रयोगलाइ न्यूनीकरण गर्न होटलले ग्राहकको सेवाका लागि इलेक्ट्रिक कार प्रयोगमा ल्याएको छ । साथै होटल परिसरमै इलेक्ट्रिक चार्जिङ स्टेशनको समेत प्रबन्ध छ ।

उद्योग क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालको यो होटलमा ९० प्रतिशत शेयर स्वामित्व रहेको छ। होटल निर्माणका लागि ५ अर्ब २ करोड २० लाख रूपैयाँ बैंक ऋणको रेटिङ समेत गरिएको छ।

हिल्टन काठमाडौं ११८ देशमा रहेका हिल्टनका ६ हजार २१५ होटलहरूको सूचीमा सामेल हुँदा नेपाललाई विलासी यात्रा गन्तव्यको रूपमा प्रचार गर्न सघाउ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

6%
sad

दु :खी

13%
amazed

अचम्मित

11%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS