काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

















