काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेको छ । यससँगै छापावाल सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो।

















