काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदी भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

















