काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी १९ सय ४५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

















