काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ९१ अंकले बढेर २,७३९ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















